Nexkhabar

नेवाः देय् दबू, नागार्जुन नगर समितिको अधिवेशन सम्पन्न 

काठमाडौ – शनिवार नेवाः देय् दबू, नागार्जुन नगर समितिको द्रोस्रो नगर अधिवेशन थापा पार्टी प्यालेस, फस्कूमा भब्यताका साथ सम्पन्न भएको छ।

नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर तथा नगर उप-प्रमुख सुशिला अधिकारीको प्रमुख आतिथ्य र नेवा देय् दबू केन्द्रिय समितीको सचिव मचाराजा श्रेष्ठ लगायत नागार्जुन नगरपालिका वडा नं २ का अध्यक्ष, थुमराज के.सी., वडा नं ३ का अध्यक्ष उमेश लामा, वडा नं ६ का अध्यक्ष देवेन्द्र राज गिरीको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा टौखेल हाईट बलामी गुथी समाज टौखेल, पचली भैरव गुथी ईचाडोल, फेय् ख्वा मानन्धर गुथी डाडाँपौवा, कालिका माई संयुक्त समाज गुथी गौरी गाँउ र जय भिमसेन विकास समाज, भिम ढुङ्गाबाट सहभागीहरु डाडापौवा र हरिसिद्धि मन्दिरमा भेला भएर पैदल र्यालीबाट कार्यक्रम स्थलमा थापा पार्टी प्यालेस फस्कु पुगेका थिए। उक्त र्यालीमा डाडापौवा र हरिसिद्धि मन्दिरबाट बाँसुरी तथा धिमे बाजँा सहित परम्परागत पोशाकमा महिला, पुरूष तथा बालबालिका गरी करिब ३०० जनाको सहभागिता रहेको थियो। अधिवेशनको औपचारिक उद्घाटन प्रमुख अतिथि नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर तथा नगर उप-प्रमुख सुशिला अधिकारीबाट सुकुन्डाबाट पानसमा बत्ती बालेर गर्नुभएको थियो।

अधिवेशनमा टौखेल हाईट बलामी गुथी समाज टौखेल, फेय् ख्वा मानन्धर गुथी डाडाँपौवा र कालिका माई संयुक्त समाज गुथी, गैरी गाउँको बांसुरी तथा धिमे बाँजा टोलीले बिभिन्न धुनहरू प्रस्तुत गरेको थियो।

नव नियुक्त टिमलाई वडा अध्यक्ष तथा नेवाः देय् दबू का प्रतिनिधिहरूले बधाई तथा शुभ कामना दिनुका साथै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

नेवाः देय् दबू, नागार्जुन नगर समितिको  द्रोस्रो नगर अधिवेशनमा सम्बोधन गर्दै नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर तथा नगर उप-प्रमुख सुशिला अधिकारीले नगरपालिका तथा वडा कार्यालयहरूमा नेपाल संम्वत्को र नेपाल भाषाको प्रयोग सम्बन्धमा नेपाल सरकार एवं प्रदेश सरकारको निर्णय कार्यान्वयनमा पहल गर्ने र नगर कार्यपालिकामा छलफल गरिने बताउनु भयो।

साथै, संस्कृति संरक्षणमा नगरपालिका नेवाः देय् दबू, नागार्जुन नगरपालिकासंग सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो।  कार्यक्रममा नेवाः देय् दबू स्वनीग विशेष प्रदेश समिति, येँ जिल्ला समितिको प्रतिनिधि एवं पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

अधिवेशनमा स्वागत तथा समापन अध्यक्ष अजित पुतुवारले गर्नुभएको थियो। उहाले यस अधिवेशनबाट निर्वाचित नयाँ समितिले स्थानीय गुथि तथा नगरपालिका संग सहकार्य गरी नेवाः संस्कृति संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top