Nexkhabar

नेपाल पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिप खेल्दै ( पहिलो खेल सिरियासँग )

काठमाडौं- पहिलो पटक वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल सहभागी भएको छ । नेपालले आज आफ्नो पहिलो खेल सिरियासँग खेल्दैछ । सिरियासँग नेपालको यो पहिलो खेल हो ।

खेल साउदी अरेबियाको जेद्दास्थित किंग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा हुनेछ । नेपाली समय अनुसार खेल बेलुकी पौने ८ (७:४५) बजे हुनेछ ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यी टोली च्याम्पियनसिप खेल्न गएको नेपाली टिमले साउदी अरबमा पुगेर अभ्यास पनि गरेको छ भने फ्रेन्च लिग खेल्दै इतिहास बनाएकी सावित्रा भण्डारी साम्बा पनि उतैबाट साउदी पुगेकी छिन् । उनी नेपाली टिमकी मुख्य हतियार हुन् ।

झण्डै चार दशकदेखि अन्तर्राष्ट्रिय सहभागितामा नेपाली महिला टोलीले उपाधि जित्न सकेको छैन । सबै १० फाइनलमा पराजित भएको नेपालसँग यसपटक उपाधिको खडेरी तोड्ने अवसर छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top