Nexkhabar

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं – अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले  पक्राउ गरेको हो ।

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ । 
सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए । प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ ।
प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top