पालुङ – मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि एक सय ७७ वटा योजना स्वीकृत गरेको छ ।
नगरपालिकाले स्वीकृत गरेका योजनाहरु मध्ये सबैभन्दा बढी वडा नं. ३ मा २१ वटा योजना रहेका छन् भने सबैभन्दा कम वडा नम्वर ६ मा जम्मा ९ वटा योजना रहेका छन् । नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार वडा नं. १ मा १५ वटा, वडा नं. २ मा १० वटा, वडा नं. ४ मा १५ वटा योजना रहेका छन् ।
यस्तै वडा नं.५ मा १६ वटा, वडा नंं. ७ मा १७ वटा, वडा नं. ८ मा १५ वटा, वडा नं. ९ मा १२ वटा, वडा नं. १० मा १२ वटा विकासका योजनाहरु पेश भएका छन् । यस्तै थाहा ११ मा १७ वटा र थाहा १२ मा १९ वटा योजना पेश भएका छन् । १२ वटा वडा रहेको थाहानगरमा चालु आर्थिक वर्षको पुस अन्तिमसम्ममा ३४ वटा योजना सम्पन्न भएका छन् ।
यस्तै १२१ वटा योजनाका लागि सम्झौता भईसकेको छ भने ६७ वटा योजनाको सम्झौता हुन बाँकी छ । सबैभन्दा बढी वडा नं. ५ मा ११ वटा योजनाहरु सम्पन्न भईसकेका छन् भने वडा नं. १ र ९ मा कुनै पनि योजना सम्पन्न भएको देखिदैन । थाहा २, ६ र १२ मा दुई दुई वटा योजना सम्पन्न भईसकेको छ भने थाहा ३ र १० मा एक एक वटा मात्रै योजना सम्पन्न भएका छन् ।
यस्तै सबैभन्दा बढी योजना रहेको थाहा ३ मा १७ वटा योजनाका लागि इष्टिमेट भईसकेको छ । थाहा २, ५ र ११ मा निर्धारित सबै योजनाहरुको इष्टिमेट भईसकेको तथ्यांक छ । सबैभन्दा कम योजना रहेको थाहा ६ सहित थाहा ७ र १२ नम्वरमा एक एक वटा योजनाको इष्टिमेट हुन बाँकी छ ।
गत आर्थिक वर्षमा पनि थाहा ३ मै सबैभन्दा धेरै १९ वटा योजना स्वीकृत भएको थियो ।