धनगढी- छिमेकीको कुटपिपटबाट धनगढीमा एक युवकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका ३५ वर्षीय महेश रानाको सोमबार राति छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला रानालाई कुटपिट गरिएको हो ।
कुटपिटबाट गम्भीर घाइते भएका राणाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले दाबी गरे । राणाको हत्या गरेको आशंकामा मीनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् ।
मीनबहादुरकी २९ वर्षीया श्रीमती पुनम चौधरी, उनकी छोरी र अन्य दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।