काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्रोसँग बुझिरहेको दाबी ट्रम्पको थियो ।
ट्रम्पले आइतबार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा भने, ‘यदि ताइवानमाथि हमला भयो भने उनी ९जिनपिङ० त्यसको नतिजा के हुन्छ भन्ने राम्ररी जान्दछन् । उनले हाम्रो भेटमा यसबारे कुरा गरेनन्, किनभने उनी परिणामबारे सजग छन्।’
जिनपिङले तपाईं राष्ट्रपति भएसम्म चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिन कुनै सैन्य कदम चाल्दैनौं भनेर आफूलाई भरोसा दिएको ट्रम्पको जिकिर छ ।
ट्रम्पले अमेरिकाले फेरि परमाणु परीक्षण सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार, अमेरिकासँग यति धेरै परमाणु अस्त्र छन् कि संसारलाई १५० पटकसम्म नष्ट गर्न सकिन्छ । अमेरिकाले कडा प्रतिक्रिया जनाउने डरले आफ्नो पहिलो कार्यकालमा चीनले कहिल्यै ताइवानमाथि हमला गर्ने साहस नगरेको ट्रम्पको तर्क छ ।
ट्रम्पले रक्षा मन्त्रालय ९पेन्टागन० लाई परमाणु परीक्षण तुरुन्तशुसुरु गर्न निर्देशन दिएका छन्। उनका अनुसार, यो परीक्षण चीन र रूसकै स्तरको हुनुपर्छ। ट्रम्पले जिकिर गरे, ‘रूस र चीन दुवै गुप्त रूपमा परीक्षण गरिरहेका छन्, विश्वलाई थाहा नभएको मात्रै हो।’
अमेरिकाले अन्तिमपटक २३ सेप्टेम्बर १९९२ मा परमाणु परीक्षण गरेको थियो। त्यो अमेरिकी इतिहासको १,०३० औँ परीक्षण थियो। ‘रेनियर मेसा’ नामक सानो पहाडको २३०० फिट मुनि नेभाडा परीक्षण स्थलमा गरिएको उक्त विस्फोटको गोप्य नाम ‘डिवाइडर’ थियो।