युरोपेली युनियनले पहिलोपटक एप्पल कम्पनीलाई करिब २ अर्ब डलर जरिवाना गर्ने निर्णय गरकेो छ । प्रतिस्पर्धासम्बन्धी कानुन उल्लंघनको आरोपमा जरिवाना गर्ने निर्णय भएको हो ।
स्विडेनको म्युजिक स्ट्रिमिङ सर्भिस स्पोटीफाइले पाँच वर्षअघि गरेको उजुरीउपर विस्तृत तथा लामो अनुसन्धान गरी ईयूले एप्पलमाथि १ अर्ब ८० करोड युरो जरिवाना गरेको हो । एप्पलमाथि अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा आफ्नो म्युजिक स्ट्रिमिङ सर्भिसलाई अनुचित तरिकाले ग्राह्यता दिएको अभियोग लागेको छ ।
यस्तो कदम गैरकानुनी भएको र यसले दशौं लाख युरोपेली उपभोक्ताहरुलाई प्रभाव पारेको ईयूका प्रतिस्पर्धा आयुक्त मार्गरेथ भेस्टेगर बताउँछन् । एप्पलले करिब एक दशकदेखि यस्तो कार्य गर्दै आएको हुँदा धेरै प्रयोगकर्ताहरुले म्युजिक स्ट्रिमिङ सब्सक्रिप्सनका लागि उल्लेख्य रुपमा उच्च शुल्क तिरेका छन् ।
यसअघि एप्पलले गुगल तथा फेसबुकको मातृ कम्पनी मेटालाई अर्बौं डलर जरिवाना गरेको थियो । यता आफूविरुद्ध २ अर्ब डलर बराबरको जरिवाना गर्ने युरोपेली युनियनको निर्णय विरुद्ध पुनरावेदन गर्ने एप्पलले जनाएको छ । एक विज्ञप्तिमा एप्पलले भनेको छ, आयोगले उपभोक्ताहरुलाई क्षति पुगेको भन्ने कुनै विश्वसनीय प्रमाण पत्ता लगाउन असफल हुँदाहुँदै पनि यस्तो निर्णय गरेको छ ।
यसले विद्यमान प्रतिस्पर्धात्मक र तिव्र रुपमा विकास भैरहेको बजारको यथार्थलाई नजरअन्दाज गरेको छ।