Nexkhabar

इरानको मिसाइल आक्रमण रोक्न इजरायलको १ अर्ब डलर भन्दा बढी खर्च

सिरियाको राजधानी दमस्कास स्थित इरानी दूतावासमा आक्रमण गरी इरानी सेनाका उच्च अधिकारीको हत्या गर्दै इरानलाई युद्दको लागि उक्साएको इजरायलले इरानी आक्रमण रोक्न एकैरात ठूलो धनराशि खर्च गर्नु परेको छ। इजरायलको सेनाका पूर्व वित्तीय सल्लाहकारका अनुसार इरानको ठूलो ड्रोन र मिसाइल आक्रमणलाई रोक्ने आफ्नो रक्षा प्रणाली रातारात सक्रिय गर्न इजरायललाई १ अर्ब डलर भन्दा बढी खर्च भएको हो।

‘आज राती प्रतिरक्षाका लागि ४ देखी ५ अर्ब शेकेल अर्थात् १ देखी १.३ अर्ब अमेरिकी डलर प्रति रातको अर्डरमा थियो’, ब्रिगेडियर जनरल रीम अमिनोचले वाईनेट समाचारसँगको अन्तर्वार्तामा अनुमान गरेका छन्। अमिनोचका अनुसार यो खर्च इजरायलले अनुमान गरेको भन्दा निकै बढी हो। उनले भनेका छन्, ‘इरानले आफ्नो आक्रमण सुरु गर्न खर्च गरेको अपेक्षाकृत कम रकमको विपरीत अचम्मको मूल्य व्यहोर्नु परेको छ।“

इरानले शनिवार इजरायलतर्फ ३ सय भन्दा बढी ड्रोन र मिसाइलहरू प्रक्षेपण गर्‍यो, सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायली आक्रमणको जवाफमा यो आक्रमण भएको हो । केहिदिन अघि इजरायली आक्रमणमा परेर रिभोलुसनरी गार्डका दुई वरिष्ठ कमान्डरहरू मारिएका थिए।

इजरायलले आफ्नो सैन्य बल र यसका सहयोगीहरूले ९९ प्रतिशत क्षेप्यास्त्रहरूलाई रोकेको बताएको छ। तर केही ब्यालिस्टिक क्षेप्यास्त्रहरू इजरायली प्रतिरक्षामा प्रवेश गरे र दक्षिणी इजरायलको नेभाटिम एयरबेसमा प्रहार गरे। एजेन्सी

Loading spinner

प्रतिक्रिया

Scroll to Top