Nexkhabar

खेलकुद

खेलकुद

नेपाल प्रिमियर लिग: जनकपुरको लगातार चौथो जित

काठमाडौं- नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सको लगातार चौथो जित हात पारेको छ । हर्ष थाकरले जनकपुरका लागि ५ विकेट लिएपछिलुम्बिनी ८ विकेटमा समेटिदैँ जम्मा १३५ रन बनाएको हो ।  लुम्बिनीका लागि कप्तान रोहित पौडेल ३५, टम मुर्स ३१, आशुतोष घिरैया १४, अर्जुन साउद २०, बेन कटिङ तीन, साद विन जाफर रविवेक यादव शून्यमा आउट भए । जनकपुरका लागि थाकरको पाँचसहित ललित राजवंशी,किशोर महतो, शेर मल्ल  एक एक विकेट लिए । टस हारेर ब्याटिङका उत्रिएको जनकपुर बोल्टका लागि शुभ कन्सकार २४ रन अविजित रहे ।कप्तान अनिल साह ४५, लाहिरू मिलान्था२४, आशिफ शेख १६, हेमन्त धामी नौ हर्ष थाकर र जिम निसम समान एक एक रन, शेर मल्ल शून्य, अभिशेष गौतम तीन, कप्तान पौडेलर साद विन जफर समान दुई र सन्दिप जोराले एक विकेट लिए । जनकपुर जारी एनपीएलमा अपराजित छ । उसले यसअघि विराटनगरकिंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सलाई हराएको थियो ।  लुम्बिनी भने प्रतियोगितामा जितविहीन छ । चारमा सबै खेल हारेको लुम्बिनी अंक तालिकामा पनि पुछारमा छ ।  लुम्बिनीले यसअघि विराटनगर, पोखरा र सुदूपश्चिमसँग हार बेहोरेको थियो। 

खेलकुद

एनपीएल : चितवन राइनोज विजयी

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट

खेलकुद

साफ महिला च्याम्पियनशिप : आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश फाइनल खेल्दछन् । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका

Scroll to Top