Nexkhabar

होण्डाको एसपी १२५ बीएसभीआई नेपाली बजारमा

काठमाडौं – होण्डा ब्राण्डले १२५ सीसी हर्स पावर रहेको एसपी १२५ बीएसभीआई नेपाली बजारमा ल्याएको छ । होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने दाबी गरेको छ ।

आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने कम्पनीको भनाई छ । हृण्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनेछ । यसमा रहेको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकहरूलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनीको विश्वास छ ।

नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेबसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी सीमित अवधिको लागि मात्र रु। २ लाख ७८ हजार ९०० को प्रारम्भिक मूल्यमा एसपी १२५ खरिद या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top