पालुङ – उत्तरी मकवानपुरको थाहा नगरपालिका ३ स्थित घट्टेचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले ५६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको दोस्रो दिनको कार्यक्रममा बिध्यालयका पूर्व विद्यार्थीहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालयमा अध्ययन गरी विभिन्न तह र तप्का पुगेका उच्च पदस्थ व्यक्तित्वहरु समेत सहभागि थिए । कार्यक्रममा सहभागि विद्यालयका पूर्व विद्यार्थी तथा संविधान सभा सदस्य रामनारायण बिडारीले भने कडा शब्दमा टिप्पणी गरेका छन् ।
“शनिबार आफुले दस कक्षा पास गरेको स्कूलमा जाँदा त दासहरू पो हालिमुहालीमा पुगेका रहेछन जसले ज.क.मा.बि स्थापना (संचालन कोष, व्यवस्थापन र आधुनिक शिक्षा, जन राष्ट्रिय गान सुरू गरे (रूदाने) उनको स्मरण समेत नगर्ने, जनताको पैसाले जिबिका चलाएर सास फेर्ने लास जस्तो भएर बाचेको कपुत, लामो समयदेखि पो प्रमुख भएर रबाफ लगाउदै बस्या रहेछ ।” बिडारीले लेखेका छन् ।
उनले विद्यालयको व्यवस्थापन समितिलगायत कतिपय भने मुढा जस्तै सालिक भएर बसेको भन्दै टिप्पणी गरेका छन । उनले लेखेका छन,
“यसमा अरू चै मुढा जस्ता भएर सालिक रहेको भेटियो र तिरस्कार गर्दै हिडीयो । अनुगमनकारी निकाय र पदाधिकारी यो अपराधमा मतियार पो हुन कि ? अव खोजीको बिषय बनेको छ ।”
बिडारीले विद्यालयका प्रमुखसहित व्यवस्थापन समिति र नियमनकारी निकायको कार्यशैलीमाथि प्रश्न गरेका छन् । उनले थाहाका अभियन्ता रुपचन्द्र विष्टको स्मरण समेत नगरेको भन्दै तिखो आलोचना गरेका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिशेष वक्ताको रुपमा संविधान सभा सदस्य तथा विद्यालयका पुर्व विद्यार्थी विडारी, थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पुर्व व्यवस्थापन समितिको अध्यक्ष तथा नारायणी यातायात व्यावसायी संघका महासचिव सरोज कुमार खनाल, जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी लगायत पुर्व विद्याथीृ तथा पुर्व शिक्षक, पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले विद्यालयको बिगत, वर्तमान र भविष्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।