Nexkhabar

ई सिम अब अनलाइनबाटै, ग्राहकले प्रयोग गरिसहेको सिमलाई ई सिम बनाउन सकिने

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने भएको छ । टेलिकमले ग्राहकले प्रयोग गरिरहेको सिमलाईसमेत अनलाईनबाटै ई सिम बनाउन सकिने सुविधा दिएको छ ।

टेलिकमले नयाँ ई–सिम लिन व्यक्ति स्वयं उपस्थित भएर नेपाल टेलिकमको कार्यालय जानुपर्ने बाध्यता हटाएर अनलाइनबाटै लिन सकिने गरी सहजीकरण गरेको जानकारी दिएको छ ।

नयाँ प्रिपेड ई–सिम लिन चाहने सेवाग्राहीले भकष्m।लतअ।लभत।लउ लगइन गरी त्यहाँ रहेको न्भत ल्भध एचभउबष्म भक्क्ष्ः मा क्लिक गरे पश्चात दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।वालेट तथा क्यूआर कोडमार्फत रकम भुक्तानी गरे पश्चात ई–सिमको क्यूआर कोड उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । उक्त क्यूआर कोड स्क्यान गरी आफ्नो मोबाइल सेटको सेटिङमार्फत ई–सिम सक्रिय गर्न सकिने पनि टेलिकमले जानकारी दिएको छ ।

भकष्m।लतअ।लभत।लउ लगइन गरेर हाल नयाँ प्रिपेड ई–सिम लिन सकिने सुविधा थप गरिएको टेलिकमले जानकारी दिएको छ । ग्राहकले प्रयोग गरिरहेको सिमलाई अनलाइनमार्फत ई–सिम बनाउन सकिने सुविधा पनि टेलिकमले दिएको छ ।

नयाँ फिजिकल सिम लिनका लागि आवश्यक फारम भर्न र ग्राहक विवरण अर्थात केवाईसी दर्ता गर्न वा अद्यावधिक गर्नका लागि आवश्यक अनलाइन केवाईसी भर्न सकिने सुविधा पनि दिएको टेलिकमका सहप्रवक्ता प्रक्षेत थापा क्षेत्रीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top