Nexkhabar

एमाले महाधिवेसन प्रतिनिधिमा बिकल्प थापाको उम्मेद्वारी

काठमाडौ – नेकपा एमालेको आसन्न महाधिवेशनका लागि काठमाण्डौ महानगर नगरपालिका कमिटी सदस्य बिकल्प थापाले उम्मेद्वारी दिएका छन् ।

काठमाण्डौ क्षेत्र नं ९ को युवाहरु माग संबोधन गर्न युवा क्लस्टरबाट थापाले उम्मेद्वारी दिएका हुन् । थापाले ४० वर्ष मुनिको युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिएका हुन् ।

रास्ट्रीय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य रहेका थापाले काठमाण्डौ क्षेत्र नं ९ का युवाहरुको गर्विलो उपस्थितिका लागि महाधिवेसन प्रतिनिधिमा उम्मेद्वारी दिन लागेको बताए ।

वडा नं १४ का स्थायी बासिन्दा थापा राजनीति संगै विभिन्न संघ संस्था र व्यवसायिक क्षेत्रमा स्थापित युवा हुन् । उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई विजयी बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पार्टीको आवश्यकता र युवावर्गको माग अनुसार आफूले उम्मेदवारी दर्ता गरेको थापाले जानकारी दिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top