Nexkhabar

सुनचाँदीको मूल्य प्रतितोला २ लाख नजिक

काठमाडौँ – आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला चार सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९९ हजार रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य ऐतिहासिक उच्च स्तर नजिक पुगेको हो। यसअघि साउन २३ गते पनि प्रतितोला एक लाख ९९ हजार चार सय रूपैयाँमै कारोबार भएको थियो। त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला दश रूपैयाँले बढेको छ।

महासंघका अनुसार बुधबार प्रतितोला २३ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार २३ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top