युक्रेनले रुसको सोचीमा रहेको तेल डिपोमा ड्रोनले आक्रमण गरेको छ । आइतबार भएको आक्रमणपछि डिपोमा ठूलो आगो लागेको हो ।
क्रास्नोदर क्षेत्रका गभर्नर भेनियामिन कोन्ड्राटयेभले ड्रोनको भग्नावशेष तेल ट्याङ्कीमा ठोक्किएपछि आगो लागेको बताए । जुन १२० भन्दा बढी अग्नि नियन्त्रकहरूले निभाएका थिए।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा डिपोबाट बाक्लो कालो धुवाँ निस्किरहेको देख्न सकिन्छ । आक्रमणपछि रुसको नागरिक उड्डयन एजेन्सी रोसाभियाट्सियाले केही समयको लागि सोची विमानस्थलमा उडानहरू रोकेको थियो ।
रुसी रक्षा मन्त्रालयका अनुसार, रुसी सेनाले शनिबार रातिदेखि आइतबार बिहानसम्म रुस र कालो सागरमाथि ९३ युक्रेनी ड्रोनहरू खसालेको छ। यद्यपि, रुसको भोरोनेज क्षेत्रमा अर्को युक्रेनी ड्रोन आक्रमणमा चार जना घाइते भएको समाचारमा उल्लेख छ । एजेन्सी