काठमाडौं- नेवाः देय् दबू नागार्जुन नगर समितिले प्रदेशसभा सदस्यहरुसँग अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं आयोजित कार्यक्रममा सांसद उद्धव थापाले नेवा देय् दबूलाई आवश्यक बजेट विनियोजनको लागि पहल गर्ने बताउनु भयो ।
जाति, परम्परा र संस्कृतिको जगेर्नाका लागि नेवाः समुदायले खेलेको भूमिका उच्च रहेको भन्दै उहाँले रञ्जना लिपिकै कारण नेपाल संयुक्त राष्ट संघमा छुट्टै देशको रुपमा दर्ता भएको बताउनु भयो । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामांग भाषालाई औपचारिक भाषाको रुपमा घोषणा गरेको स्मरण गर्दै उहाँले अब यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
यस्तै अर्का सांसद केशव प्रसाद पोखरेलले नेवास् तथा तामाङ संग्रहालय सञ्चालन गर्ने तयारी भईरहेको बताउनु भयो । यस्तै नागार्जुन नगरपालिकालाई ‘होडिङ् बोर्ड’मा नेपाल भाषा पनि उल्लेख गर्न समन्वय गर्ने प्रतिबता जनाउनु भयो ।
यस्तै अर्का सांसद बालकुमारी विश्वकर्माले आप्mनो तर्पmबाट नेवाः समुदायको हितका लागि आवश्यक सबै साथ सहयोग सदैव रहने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा दबूको कार्ययोजनालाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नागार्जुन नगरपालिकामा होमस्टेलाई व्यवस्थित गर्न सके पर्यटन प्रवद्र्धन हुने बताउनु भयो ।
नेवाः देय् दबू काठमाडौं जिल्ला समिति अध्यक्ष धन बहादुर तिमला महर्जनले वर्तमान समयमा प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० को कार्यान्वयन फितलो भएको बताउनु भयो । कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष विश्व बलामीले नागार्जुन नगरपालिका ऐतिहासिक थलो भएको उल्लेख गर्दै यसको थप प्रवद्र्धन गरिनुपर्ने बताउनु भयो ।
समितिका अध्यक्ष अजित पुतुवारले आगामी आ.ब. ०८२/८३ को प्रस्तावित कार्य योजना सम्बन्धमा जानकारी गराउनु हुँदै सहकार्यको लागि आव्हान गर्नु भयो।