Nexkhabar

रवि लामिछानेले दिए पोखरा उच्च अदालतमा निवेदन, धरौटी बदरको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत गएका छन्।

कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछाने आज उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेका हुन् । उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । जिल्ला अदालत पोखराले उनलाई ६० लाख धरौटी माग गरेको थियो ।

उनले उक्त बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाउँ भनी दाबी गरेका छन् । रविलाई कास्की जिल्ला अदालतले ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तत्कालै बैंक ग्यारेन्टीमार्फत धरौटी तिरेर रवि थुनामुक्त भएका थिए ।

तर, धरौटी रकम उच्च भएको र आफूलाई साधारण तारेखमा नै छोड्नुपर्ने माग सहित उनी उच्च अदालत पुगेका हुन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top