Nexkhabar

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं- महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top