Nexkhabar

फेरि बढ्यो सुनको भाउ

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top