Nexkhabar

श्रम स्वीकृति लिएका नेपालीलाई भारतबाट जाँदा एनओसी नचाहिने

काठमाडौं- श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ।

सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो। ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी  लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ।

साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ।त्यस्तै श्रम स्वीकृति नभई साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमान, बहराइन, इराक, लिबिया, र लेबनन जानेलाई भने एनओसी चाहिने दूतावासले जनाएको छ। 

रूसमा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top