काठमाडौं- कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

सत्तारुढ नेकपा (एमाले)ले शनिबार पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिसकेको अवस्थामा अधिकारीलाई आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित गराउने गरी नियन्त्रणमा लिइएको हो ।
जापान भ्रमणका क्रममा मन्त्रालयकै परिचयपत्र बनाएर मानव तस्करीमा संलग्न भएको पुष्टि भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए ।