काठमाडौं- सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ५९.०२ अंकले घटेर २५२९.३३ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३२९ कम्पनीका १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता शेयर खरिद बिक्रिबाट ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६ सय ८३ रुपैयाँ ५० पैसाको कारोबार भएको छ। जस मध्ये नेपाल फाइनान्सको सर्वाधिक २८ करोड १३ लाखको कारोबार भएको छ भने सीईडिबी हाइड्रोको १३ करोड ३९ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये हिमालय हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक ९.८४ प्रतिशतले बढेको छ भने एक्सेल डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.१२ प्रतिशत बढेको छ । आज कारोबारमा आएका मध्ये गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, र इस्टर्न हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यस्तै प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य ८.५७ प्रतिशत घटेको छ।
आज कारोबारमा आएका सबै समूहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समूह सर्वाधिक ५.५६ प्रतिशतले घटेको छ।