Nexkhabar

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौं- आइतबार सुनको भाउ हालसम्मकै उच्च पुगेको छ । शुक्रबार तोलाको १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार बढेर तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ पुगेको हो ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ३० हजार ८३० रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर तोलाको १ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ५५२ रुपैयाँ तोकिएको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top