काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् ।
नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८/७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६/०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।
यसरी हेर्नुहोस् नतिजा
#IVR का मार्फत्: नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।
#SMS मार्फत्: Mobile को Message box मा NEB<space> <symbol number> टाइप गरी १६०० मा पठाउने । USSD का लागि नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।
#Web मार्फत्: नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने छ ।