Nexkhabar

एकैदिन १८ सयले बढ्यो सुनको भाउ

काठमाडौं-  नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार आठ सय रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ४० रूपैयाँ बढेको हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top