काठमाडौं- नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।