Nexkhabar

नेपालमा ओमोडा इ फाइभ गाडीको वितरण सुरु

काठमाडौं – एस.पी.जी. अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडीको वितरण नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो ।

ओमोडा इ फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जी क्यापासिटी) भएको लिथियम आइरन फोसफेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा इ फाइभको फ्रन्ट-माउन्टेड विद्युतिय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ ।

नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एस.पी.जी. अटोमोबाइल्सले यस गाडीको ३ सयभन्दा बढी संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको छ । सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको ओमोडा इ(फाइभ गाडीको प्रमुख आकर्षण, एल.इ.डी. प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० (एमएम)को ग्राउण्ड क्लियरेन्स, १८ इन्चको एलोय ह्विल तथा लेदरका सिट रहेका छन् । ओमोडा इ फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) मा ५ स्टार एनक्याप रेटिङ्ग प्राप्त गरेको छ ।

गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स(सेप(आकार) फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डिजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर, तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top