काठमाडौं- सेन्ट्रल फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा चैत २३ गते हुने भएको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे कम्पनीको केन्द्रीय कार्यालय ललितपुरको कुपण्डोलमा बोलाउने निर्णय गरेको हो ।
सभाले आर्थिक विवरणहरू स्वीकृत गर्नेछ, जसमा पछिल्लो आर्थिक वर्ष, ०७९/८० को वार्षिक प्रतिवेदन समावेश छ। चालु आर्थिक वर्षको लेखा परीक्षक को हुने र कति पारिश्रमिक लिने भन्ने कुरा पनि यसले तय गर्नेछ।
बैठकमा संस्थाको नियमावली परिमार्जन गर्न प्रस्ताव गर्ने कम्पनीले आवश्यक सम्पूर्ण कामको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।
यस वर्ष लाभांश भने कम्पनीले प्रस्ताव गरेको छैन्। विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले यस वर्ष भने लगानीकर्ताको हात खाली बनाएको हो। गत वर्ष कम्पनीले ५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो।
चैत ९ गते साधारणसभाको तयारीका लागि कम्पनीले बुक बन्द गर्ने भएको छ । बुक क्लोजका आधारमा चैत ८ गतेसम्म स्थायी शेयरधनीलाई मात्र बैठकमा सहभागी हुन दिइनेछ ।