Nexkhabar

आफ्नो पहिचान सार्वजनिक गर्ने विरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाउने विरुद्ध गौशाला २६ ले साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न तवरबाट फोटो सार्वजनिक गर्न थालेपछि उनले ब्यूरोमा उजुरी दिएकी हुन् ।

टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायले मङ्गलवार ब्यूरोमा उजुरी आएको जानकारी दिए ।

“ब्यूरोमा पनि उजुरी आएको छ,” रायले भने, “वैयक्तिक गोपनीयता सम्बन्धी उजुरीमा सोझै अदालत जाने हो । हामीकहाँ पनि आएकाले अहिले अनुसन्धान गरिरहेका छौं ।”

घटना अनुसन्धानकै क्रममा रहेकाले थप विवरण खुलाउन नमिल्ने रायले बताए । विद्युतीय माध्यमबाट वैयक्तिक गोपनीयता हनन् गरेकोमा अदालतमा अनुसूची ४ बमोजिम मुद्दा दायर गर्न पाइने उनले सुनाए ।

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा सन्दीप लामिछानेलाई दोषी ठहर गरी सजायसमेत सुनाएको छ । पछिल्लो केही दिनयता फेसबुक, एक्स लगायतका विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा केही प्रयोगकर्ताले गौशाला २६ भन्दै फोटो सार्वजनिक गर्ने प्रयास गरेका छन् ।

हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक सदस्यलाई गौशाला २६ को फोटो राखेको भन्दै पार्टीबाट निलम्बन गरेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top