Nexkhabar

आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको

काठमाडौँ – नेपाली बजारमा आज मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २३ हजार तोकेको छ । अघिल्लो दिनको तुलनामा दुई हजार रुपैयाँ बढी भाउ अहिलेसम्मकै उच्च हो । सोमबार १ लाख २१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यसअघि पुस १२ मा सुनको भाउ एक लाख २२ हजार रुपैयाँ थियो । यसपछि मूल्य केही घटेर फागुन ३ गते १ लाख १६ हजार पाँच सय रुपैयाँ पुग्यो । फागुन ३ गतेदेखि नै भाउ बढेको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top