काठमाडौं- साताको पहिलो दिन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
अघिल्लो दिन अर्थात शुक्रबार प्रतितोला ६ सय रुपैयाँ र आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार ६ सय (११७,६००) र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ५ सय (११७,५००) रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
चाँदी प्रतितोला १४ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।