हिरोको नयाँ मोटरसाइकल एक्सट्रिम १२५ आर ‘लीक’ भएको छ । यो बाइक हिरो वल्र्ड २०२४ कार्यक्रममा सार्वजनिक गर्ने तयारी थियो।
लीक भएको तस्विरमा सो नयाँ मोटरसाइकलमा आक्रामक देखिने एलईडी हेडल्याम्प, मस्कुलर फ्युल ट्याङ्की र ट्याङ्क एक्सटेन्सन ‘१२५आर’ ग्राफिक सहितको स्पोर्टी डिजाइन रहेको छ । यसकोे अगाडिको भागमा परम्परागत टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक दिइएको छ । साथै यसमा आकर्षक एलोई ह्विलर र डिस्क ब्रेक जडान गरिएको छ ।
सो नयाँ मोटरसाइकललाई कम्पनीले माभ्रिक ४४० संगै सार्बजनिक गर्ने तयारी गरिरहेको छ । बाइकमा नयाँ सिंगल सिलिन्डर १२५ सिसी इन्जिन उपलब्ध हुने भएपनि यसको पावर र पर्फमेन्स कस्तो रहन्छ भन्ने विषयमा कुनै जानकारी बाहिर आएको छैन । यसको मूल्य ९५ हजार भारु पर्ने अनुमान गरिएको छ ।