स्वास्थ्य नै धन हो अर्थात् स्वास्थ्य छ त सबथोक छ । त्यसैले हाम्रो पहिलो प्राथमिकता भनेको स्वास्थ्यलाई स्वस्थ राख्नु हो । सानोतिनो कुरामा ख्याल राख्न नसक्दा पनि स्वास्थ्यमा ठूला समस्या आउन सक्छ । यहाँ हामीले स्वास्थ्यलाई स्वस्थ राख्नका लागि ध्यान दिनुपर्ने कुराहरु प्रस्तुत गरेका छौं ।
१. बीपी: 120/80
२. पल्स: 70-100
३. तापमान: 36.8-37
४. सास : 12-16
५. हेमोग्लोबिन: पुरुष-13.50-18 स्त्री-11.50-16
६. कोलेस्ट्रेल: 130-200
७. पोटेशियम: 3.50-5
८. सोडियम: 135-145
९. ट्राइग्लिसराइड्स: 220
१०. शरीरमा रगतको मात्रा: पीसीवी 30-40%
११. सुगर लेभल: बालबालिकाको लागि: (70-120) वयस्क: 80-130
१२. आइरन: 8-15 मिलीग्राम
१३. श्वेत रक्त कोशिकाहरु WBC: 4000-11000
१४. प्लेटलेट्स: 1,50,000 – 4,00,000
१५. रातो रक्त कोशिकाहरु RBC: 4.50-6 मिलियन
१६. क्याल्शियम: 8.6-10.3 मिलीग्राम डीएल
१७. भिटामिन D3: 20-50 एनजी/एमएल
१८. भिटामिन B12: 200-900 पीजी/एमएल
४०/५०/६० वर्षका मानिसको निम्ति विशेष टिप्स
१. प्यास नलागे पनि बारम्बार पानी पिउँ । धेरैजसो स्वास्थ्य समस्या शरीरमा पानीको कमीले हुन्छ। ३ लीटर न्यूनतम प्रतिदिन।
२. शरीर चलाइरहुँ, काम गरौं। calories burn गर्न पैदल, साइक्लिङ, पौडी वा अरु खेलकुद गरौं।
३. खाना कम गरौं। प्रोटीन, कार्बोहाइड्रेट आधारित खाद्य पदार्थहरुको धेरै प्रयोग गरौं।
४. सकेसम्म मोटरसाइकल वा मोटर नचढौं। नजिक जानलाई खुट्टाले हिंडौं। आवश्यक भए मात्र गाडीघोडा, कार, मोटर चढौं।याङ चढौं।
५. क्रोध छोडौं, चिन्ता छोडौं। सकभर केही कुरालाई बालै नदिउँ। प्राय: सकारात्मक मान्छेसँग मात्र कुराकानी गरौं।
६. आफ्नो वरिपरिका मान्छेहरुसँग भेटौं, हाँसौं, बोलौं। सदैब Positive भएर हरेक situation मा आफूलाई mentally strong बनाऔं।
७. पछुतो कहिल्यै नगरौं। नपाउने चीजको आशा नगरौं। अपेक्षा छोडौं।
८. पैसा, पद, प्रतिष्ठा, शक्ति, सुन्दरता, जातिय गौरव र प्रभावले अहंकार बढाउँछ। विनम्रताले मात्रै मान्छेहरुको माया पाइन्छ।
९. कपाल फुल्दै जानु जीवनको अन्त्य होइन बरु एक सुन्दर जीवनको प्रारम्भ हो। आशावादी बनौं। यात्रा गरौं, पुस्तक पढौं, आनन्द लिउँ।
१०. आफूभन्दा सानालाई माया गरौं, सहानुभूति र आत्मीयपन बढाउँ। कुनै व्यंग्यात्मक कुरा नबोलौं।