जनकपुर- जनकपुरधाम उपमहानगरपालिका धनुषा २३ बिन्दीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार एन्जेल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जनाभन्दा बढी घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।