Nexkhabar

सुन : एकैदिन २६ सयले बढेर नयाँ रेकर्ड

काठमाडौ – आज बिहिबार सुन चाँदीको भाउले इतिहास रचेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९ हजार ५७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ९ हजार ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ३३ रुपैयाँ तोकेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top