काठमाडौँ – आज सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । सुनको भाउ हिजो, मंगलबार प्रतितोला १ लाख २३ हजार रुपैयाँले कीर्तिमानी बिन्दुमा पुगेको थियो र यसअघिका सबै अंक चकनाचुर पारेको थियो । बुधबार फेरि ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ ।
बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।
विगत २० दिनमा सुनको भाउ सात हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विश्व बजारमा थोरै समयमै भाउ बढेसँगै आन्तरिक बजारमा पनि यसको असर परेको दाबी गरेको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४४० रुपैयाँमा झरेको छ ।