Nexkhabar

सुनको मूल्य एक लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बन्दै प्रतितोला रु. एक लाख ७० हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा एकैदिन दुई हजार दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार सात सय रुपैयाँ पुगेको छ । सुनको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो । सुनको मूल्य हिजो प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला दुई हजार एक सय २० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा धेरै हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top