Nexkhabar

सुनको भाउ एकैदिन १८ सयले बढ्यो

काठमाडौं- आज मंगलबार सुनको भाउ बढेर किर्तीमानी उचाईमा पुगेको छ । सोमबार प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार ८ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५४ हजार ६५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज मंगलबार कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।

आज चाँदीको भाउ भने प्रतितोला २ हजार ३५ रुपैयाँमा स्थिर छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ४४ रुपैयाँ ५० पैसा तोकिएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top