काठमाडौं- सशस्त्र प्रहरी बलले परिचरदेखि प्रहरी जवानसम्म ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ ।
सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र कचर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा सशस्त्र प्रहरी जवानमा मात्रै ८७६ जनाको लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने समयसीमा तोकिएको छ।