Nexkhabar

‘सबै पोशाकको सम्मान: नेपाली टोपी, नेपालको पहिचान’

काठमाडौं- १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस यस वर्ष पनि मनाइने भएको छ।

टाेपी दिवसकाे आयाेजक जागरुक युवा अभियान नेपालले हरेक अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगत १२ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आइरहेको छ ।

यस वर्ष पनि काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम गरी १२ औं अन्तर्राष्ट्रिय टोपी दिवस मनाइने जागरुक युवा अभियान नेपालले जनाएकाे हाे । विगत जसरी नै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदैछ ।

विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालाेटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न संस्थाले सरकारसँग जोडदार माग गरेको छ ।

०६८ सालमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वकाे सरकारले राष्ट्रिय पाेशाक हटाएपछि जागरुक युवाहरुले राष्ट्रिय पहिचान संकटमा परेको भन्दै यसलाई बचाउन आव्हान गर्दै आएका छन् ।

अभियन्ताहरुले यस वर्ष पनि पुस १७ गते अंग्रेजी नयाँ वर्षका दिन राजधानीकाे वसन्तपुरमा बिहान ८ बजे जम्मा भएर गरिने कार्यक्रममा सहभागी हुन सबैलाई अनुराेध गरेकाे छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top