Nexkhabar

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लााभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top