Nexkhabar

संसद भवनको शौचालयमा प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं- नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी दशथ धमलाले बताए ।

‘उहाँले आफैंलाई गोली हानी शौचालयमा आत्महत्या गर्नुभएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ’, धमलाले भने ।

उनका अनुसार गोले संसद् भवनमा बिहान ड्युटी गरिरहेका थिए र सोही क्रममा आफैंले बोकेको पेस्तोल आफूमाथि प्रहार गरी सुट गरेका थिए । ती प्रहरी जवानले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top