काठमाडौं- शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस तथा महाशिवरात्रिको अवसरमा एनएमबि बैंकका विभिन्न शाखाहरु खुला रहनेछन् । बैंकले शुक्रबार पनि आफ्ना केही शाखा खोल्ने जनाएको छ ।
बैंकका अनुसार सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्म देशव्यापी रुपमा ६ वटा शाखा खुला रहनेछन् । विराटनगरको कोशी प्रदेश बिदा काउन्टर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ । यस्तै, मधेश प्रदेशको लहान र गण्डकी प्रदेशको चिप्लेढुङ्गा, पोखराका शाखाहरुको सञ्चालन समय बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म रहनेछ ।
बैंकले पश्चिमाञ्चलको महेन्द्रनगर र काठमाडौंको कान्तिपथमा पनि विदा काउन्टरहरू राति ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला हुने जानकारी दिएको छ ।
बैंकले बुटवलको ट्राफिक चोकमा रहेको होलिडे काउन्टर पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने जनाएको छ ।
उक्त दिन ति शाखाहरुबाट आईपीएस, क्लियरिङ र आरटीजीएस लगायतका सेवाहरु उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ ।