Nexkhabar

व्यतित बीमालेखमा नेपाल लाइफले ३० प्रतिशतसम्म छुट दिने

काठमाडौं  – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा बिलम्ब शुल्क छुट दिने भएको छ । माघ २१ गतेदेखि आगामी चैत ६ गतेसम्म नविकरण गरी सुचारु गरेमा बीमालेख नविकरण शुल्कमा लाग्ने शुल्क छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

१८० दिनभन्दा माथि ३ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, ३ वर्षभन्दामाथि ५ वर्षसम्म अवधिका लागि २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा २० प्रतिशत छुट हुनेछ ।

बीमालेखहरु नविकरणको मितिदेखि १ वर्षभित्र सरेण्डर भएमा प्रदान गरिएको विलम्ब छुटको रकम कट्टा गरिने कम्पनीले उल्लेख गरेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top