Nexkhabar

लगातार तेस्रो दिन पनि बढ्यो सुनको भाउ, नयाँ रेकर्ड

बजारमा मंगलबार आज सुनको मूल्य वृद्धि भएको छ ।

सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top