राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनद्वारा केन्द्रीय उप संयोजक नियुक्ति
राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनले आफ्नो संगठनात्मक संरचना थप सशक्त र प्रभावकारी बनाउनका लागि केन्द्रीय उप-संयोजक श्री गिर बहदुर बिश्वकर्म ( गोपाल ज्युलाई नियुक्ति गरेको छ। संगठनको केन्द्रीय समिति ,पार्टी केन्द्रियको निर्णय गर्दै नयाँ नेतृत्व चयन गरिएको हो।
नव नियुक्त उप-संयोजकले सामाजिक न्याय, समान अवसर र उत्पीडित वर्गको हक– समानताको सुनिश्चितताका लागि संगठनले अघि सारेको सिधाान्त, बिचार ,अभियानलाई अझ सशक्त बनाउने प्रतिवद्धता जनाएका छन्। उनले संगठनलाई देशभर विस्तार गर्दै उत्पीडन र बहु जातीय विरुद्धको चेतना फैलाउने र नीति निर्माण तहमा आवाज उठाउने प्राथमिकता रहने बताए।

संगठनका केन्द्रीय संयोजक अम्मर परियार (आर्य)ले नयाँ उप संयोजकको अनुभव, प्रतिबद्धता र योगदानलाई मूल्यांकन गर्दै उक्त नियुक्ति संगठनको आगामी योजना कार्यान्वयनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। संगठनले समावेशिता, समानता प्रजातन्त्र र लोकतान्त्रिक मूल्यको पक्षमा निरन्तर क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ।
नयाँ नियुक्त उप -संयोजकलाई बधाई दिंदै पुर्व उप-प्रधानमन्त्री पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देङ ज्यु, पार्टीका अन्य पदाधिकारी ज्यू र संगठनका पदाधिकारी तथा शुभेच्छुकहरूले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यस नियुक्तिले संगठनभित्र नव ऊर्जा भर्नुको साथै उत्पीडित समुदायको समानताको पक्षमा अझ मजबुत आवाज उठाउने अपेक्षा गरिएको छ।