Nexkhabar

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं- चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज शुक्रबार सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले आज समीक्षा सार्वजनिक गरेको हो।

समीक्षा मार्फत राष्ट्र बैंकले केहि पनि नीतिगत परिवर्तन गरेको छैन। समीक्षामा मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको उल्लेख छ ।  साथै राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।

अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको समीक्षामा उल्लेख छ ।

आज बिहान बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले पारित गरेपछि समीक्षा सार्वजनिक भएको हो ।

पूर्णपाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top