Nexkhabar

महालक्ष्मी विकास बैंकको आकर्षक अफर

काठमाडौं – महालक्ष्मी विकास बैंकले कर्जा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यवसायिक कर्जा, महालक्ष्मी सवारी कर्जा (९व्यक्तिगत) तथा महालक्ष्मी हरित कर्जा एकल अंकको ब्याजदर ९.९९ प्रतिशतमा नै कर्जा प्रदान गर्ने भएको छ।

महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय र व्यापारिक घरजग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप र पुनर्निर्माण तथा मर्मत सम्भार गर्न न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी ५ करोड रुपैयाँसम्मको कर्जा प्रदान गरिने छ।

साना तथा मझौला व्यवसायीहरुको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न १ वर्षदेखि १५ वर्षको अवधीसम्मको लागि व्यवसायिक कर्जा प्रदान गर्ने कम्पनीले बताएको छ।

विद्युतीय सवारीको बढ्दो मागलाई लक्षित गर्दै भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ। सो बराबरको कर्जा प्रदान गर्नेछ।

कम्पनीका अनुसार ग्राहकले यस अन्तर्गत ३ करोड रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। विद्युतीय सवारी बाहेकको अन्य सवारीमा कोटेशन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिने छ । कम्पनीको मुलुकभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु छन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top