Nexkhabar

भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु

भरतपुर-  चितवनको भरतपुरमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडी जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले ठक्कर दिँदा ९ वर्षीय आरुष पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीका अनुसार भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक नजिकै रहेको ‘जेब्रा क्रसिङ’मा गएराति बसले पैदल हिँडेका पौडेल नामका बालकलाई ठक्कर दिएको हो । सीताराम चोकमा पुगेपछि चालक माडी नगरपालिका–८ बस्ने विकास सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top