Nexkhabar

बिहारका मुख्यमन्त्री नीतीशकुमारले दिए राजीनामा

काठमाडौँ – भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीशकुमारले आइतबार राजीनामा दिएका छन् । राजभवन पुगेर उनले राज्यपाल राजेन्द्र अरलेकरसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

बिहारमा आइतबार नै नयाँ सरकार गठन हुने बताइएको छ । फेरि पनि नीतीशकुमार नै मुख्यमन्त्री बन्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले गठबन्धन फेरेर फेरि मुख्यमन्त्री हुने तयारी गरेको बताइएको छ ।

‘मैले मुख्यमन्त्री पदबाट राजीनामा दिएँ, सबैको राय, आफ्नो पार्टीको राय सुनेर नै मैले यो निर्णय लिएको हुँ,’ राजीनामापछि नीतीशकुमारले भने, ‘पहिलाको गठबन्धनलाई छाडेर नयाँ गठबन्धन बनाएका थियौँ तर स्थिति ठिक लागेन । त्यसैले राजीनामा दिएको हो ।’

भारतीय सञ्चारमाध्यमका अनुसार राजभवनमा नयाँ मुख्यमन्त्रीको शपथको तयारी भइरहेको छ । आजै बेलुकासम्म नीतीशकुमारको पार्टी जनता दल युनाइटेड र केन्द्र सरकारको नेतृत्वमा रहेको भारतीय जनता पार्टीबिच बिहारमा नयाँ सरकार गठनबारे सहकार्य हुनसक्ने जनाइएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top